हाम्रो स्वास्थ्य / हाम्रो चासो

  • क्यान्सरको उपचारमा बेसार
    .
    २०६८ माघ ८ गते आइतवार Janaury 22, 2012

    क्यान्सरको उपचारमा बेसार
    बेसारको औषधीय गुण हाम्रो परम्परागत उपचार पद्दतिमा जगजाहेर छ । सामान्य अर्थमा बेसारलाई एन्टिसेप्टिकका रुपमा बुझिन्छ । घाउ भएमा वेसार तेलको पट्टी लगाउने गरेको हामीले देखेकै वा भोगेकै हुनुपर्छ । वैज्ञानिकले पनि अहिले आएर उपचारमा बेसारको महत्व प्रमाणि गर्दै क्यान्सरसँग लड्न बेसार उपयुक्त रहेको निष्कर्ष दिएका छन् ।


    आयरल्याण्ड र पोल्याण्डका शोधकर्ताले तरकारी वा दाल लगायतका साखद्यवस्तु पकाउदा हालिने बेसारको परीक्षण प्रयोगशालामा गर्दा त्यसले ओसोफागेल क्यान्सर कोष नष्ट गर्ने प्रमाण भेटाएका थिए । क्यान्सजन्य कोष मार्ने अचम्मको शैली बेसारले देखाएको भनाई उनीहरुको छ ।
    बेसारमा पाइने करकुर्मिन नामक तत्वले २४ घण्टामै क्यान्सरजन्य कोषलाई मार्ने र कोषमा आफै पच्ने प्रक्रिया शुरु गर्ने जानकारी शोध टोलीले दिएको छ ।


    आयरल्याण्डको कोर्क क्यान्सर रिसर्च सेन्टरका डा. सेरोन म्याकेन्नाको नेतृत्वमा भएको यस शोध बारेमा व्रिटिस जर्नल अफ क्यान्सरको नयां अंकमा जानकारी दिइएको छ । सेरोनको प्रतिक्रिया छ यस उत्साहजनक नतिजाले ओसोफागल क्यान्सरको उपचारका लागि करकुर्मिनलाई क्यान्सर विरोधी औषधीका रुपमा विकास गर्न सुझाव दिन्छ । सेरोनको टोलीले करकुर्मिनको प्रयोग गर्दा क्यान्सरजन्य कोष सेल सिलिङ सिस्टमको प्रयोग गरी मर्न शुरु भएको र कोषले अपोपटोसिस वा सेल सुसाइड पाथ प्रयोग गरेका थिएनन् । विकृत कोष मर्ने प्र्रमुख माध्यम अपोपटोसिस हो । यसमा क्यासपासेस नामक प्रोटिन तारा कोषमा आफै मर्ने प्रक्रिया शुरु हुने गर्छ । करकुर्मिनले अर्को तरिकाले विकृत कोषलाई मार्ने स्पष्ट भएको छ ।


    ओसोफागल क्यान्सर भएमा २० प्रतिशतभन्दा कमरोगी पाँच वर्षभन्दा बढी बाँच्न सक्छन् । पश्चिमी समाजले मोटोपना र अधिक अल्कोहल पिउने बानीले गर्दा ओसोफागस क्यान्सर हुने गर्छ भन्ने विश्वास राखेको छ । ०००





अन्य समाचारहरु