हाम्रो स्वास्थ्य / हाम्रो चासो

  • फत्तेबाल आँखा अस्पतालले ९० हजारलाई सेवा दियो
    .
    २०६८ मंसिर २५ गते आइतवार December 11, 2011

    फत्तेबाल आँखा अस्पतालले ९० हजारलाई सेवा दियो
    नेपालगन्ज/ फत्तेबाल आखा अस्पतालले चालु आर्थिक वर्षमा १० हजार भन्दा बढी आँखाका विरामीको शल्यक्रिया र करीब ९० हजार विरामीलाई बहिरङ्ग सेवा उपलव्ध गराएको भने १० शैयाबाट संचालन गरेको सो अस्पताल २५ वर्षको अवधिमा २५० शैया क्षमताको भएकोछ ।


    नेपाल नेत्र ज्योति संघ, बाँकेको सम्पन्न १८ औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा संघका सभापति रतन कुमार टण्डनले जानकारी गराउनु भएको हो ।


    वि.सं. २०४३ फागुनमा स्थापित नेपाल नेत्र ज्योति संघ, बाँकेले स्थापनाको पहिलो वर्ष १० शैयाबाट संचालन गरेको फत्तेबाल आँखा अस्पताल २५ वर्षको अवधिमा आइपुग्दा २५० शैया क्षमताको भएको हो. सो अवसरमा सहभागीहरुले संघको कार्यक्रमलाई थप फराकिलो पार्नुपर्ने मार्गचित्र तयार गर्नुपर्ने बताउँदै संघद्वारा संचालित सो अस्पतालले मध्य तथा सुदूरपश्चिमका आँखाका विरामीलाई अस्पतालमा र शिविर मार्पmत् घरदैलोमा उपचार सेवा पुयाउँदै आएकोमा सेवालाई थप आधुनिकीकरण गर्नुपर्ने सुझाव दिएका छन् ।


    चालु आर्थिक वर्षका लागि अनुमानित पाँच करोड रुपैयाँ बजेट रहेको अस्पतालले संघको आन्तरिक स्रोतबाट अस्पताल परिसरमा रु.एक करोड भन्दा बढीको लागतमा नयाँ बहिरंग विभाग निर्माण गरिरहेकोछ । निर्माणाधीन भवनको काम ७५ प्रतिशत पूरा भइसकेको र आगामी फागुन महिनामा संघको रजत महोत्सवमा सो बहिरंग भवनको उद्घाटन गरिने सभापति टण्डनले बताउनु भयो ।


    समाजसेवी स्वर्गीय फत्ते जङ्ग शाह र उहाँकी धर्मपत्नी बाल दिव्येश्वरी शाहको नाममा स्थापित सो अस्पतालमा उपचारार्थ आउने विरामी मध्ये ५० प्रतिशत भन्दा बढी छिमेकी भारतबाट आउने गरेका छन् । संघले बर्दियाको सानोश्री गाविस र डोल्पामा आँखा उपचार केन्द्र समेत स्थापना गरी सस्तो तथा सुलभ रुपमा निम्न आयस्तर भएका आखाका विरामीलाई उपचार सेवा प्रदान गर्दै आएको छ ।


    सो अवसरमा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरे, नेपाल रेडक्रस, बाँकेका अध्यक्ष गोवद्र्धन सिंह सम्झना, पत्रकार निरज गौतम, अस्पतालका निर्देशक बासु अधिकारी लगायतले साझा सहयोग र प्रयासबाट मात्र संघको भूमिकालाई थप सशक्त पार्न सकिने धारणा व्यक्त गर्नु भएको थियो ।


    यस्तै सचिव सुश्री शान्ति श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कन्हैयालाल टण्डनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।





अन्य समाचारहरु