हाम्रो स्वास्थ्य / हाम्रो चासो

  • क्षयरोग सम्बन्धि गोष्ठी र प्रतियोगिता
    -पवन जायसवाल
    २०६८ मंसिर २५ गते आइतवार December 11, 2011

    क्षयरोग सम्बन्धि गोष्ठी र प्रतियोगिता
    गुरुवा गाउँ/ विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई क्षयरोगको बारेमा जानकारी दिएर क्षयरोग अवश्य निको हुन्छ भन्ने उद्देश्यले नेपाल क्षयरोग निवारण संस्थाको बाँके जिल्ला शाखाव्दारा बाँके जिल्लाको बेलहरी गाविस५ गुरुवा गाउँ स्थित निम्न माध्यमिक विद्यालयमा क्षयरोग सम्बन्धि अभिमुखीकरण गोष्ठी तथा हाँजिरीजवाफ प्रतियोगिताको आयोजना गरियो ।


    ५८ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवसको अवसर पारेर ग्लोबल फण्ड जिबि कार्यक्रम अन्तर्गत आयोजित उक्त अभिमुखीकरण गोष्ठी तथा हाजिरीजवाफ प्रतियोगितामा शाखाका उपसभापति रण प्रसाद राना, कार्यक्रम संयोजक माधव राम वर्मा र विद्यालयका शिक्षिका तथा संस्थाका आजीवन सदस्य सन्ध्या शर्माले सहजीकरण गर्नु भएको थियो ।


    गोष्ठीमा उक्त विद्यालयका कक्षा ५,६ र ७ का करीब एक सय छात्रछात्राको सहभागिता थियो भने प्रतियोगितामा चार समूहमा १६ जना छात्रछात्राले भाग लिएका थिए । प्रतियोगितामा पूजा वर्मा, मनिष शर्मा आरती बर्मा र वीरेन्द्र कुमार हरिजनको ग्रुप ए ले प्रथम स्थान प्राप्त गरेको थियो ।


    प्रतियोगितामा विजयीहरुलाई प्रमुख अतिथि वरिष्ठ समाजसेवी सुश्री नर्वदा शर्मा, संस्थाका पूर्व केन्द्रिय सदस्य सुश्री शान्ति श्रेष्ठ, कोषाध्यक्ष शीला शाह र प्रधानाध्यापक राजेन्द्र कुमार मिश्रले पुरस्कार वितरण गर्नु भएको थियो ।


    प्रतियोगितामा दोस्रो हुने ग्रूप सि का मीरा वर्मा, रिता कुमारी राँड, सुरेन्द्र कुमार हरिजन र रहमद अलि साईं छन् भने तेस्रो गूप बिका राकेशकुमार हरिजन, अर्जुन कुमार र्कादू, मनिषा वर्मा र पूजा वर्मा रहेका छन् ।


    शाखाका सभापति पूर्ण लाल चुकेको अध्यक्षतामा भएको कार्यक्रममा वि.व्य.स.का अध्यक्ष छोटेलाल हरिजनको पनि उपस्थििति थियो ।
    स्मरणीय छ, गत मंसिर १३ गतेका दिन २१ शताब्दीको चाहना: क्षयरोग मुक्त समाजको परिकल्पना को नाराका साथ नेपालगन्जमा जनचेतनामूलक वृहत् याली प्रदर्शन गरिएको थियो ।





अन्य समाचारहरु