हाम्रो स्वास्थ्य / हाम्रो चासो

  • जाडो याममा हुने आकस्मिक श्वास प्रश्वास रोग निमोनियाको बारेमा जान्नै पर्ने कुराहरु
    -जिल्ला जनस्वास्थ्य कार्यालय, बाँके
    २०६८ फागुन १ गते सोमवार February 13, 2012

    जाडो याममा हुने आकस्मिक श्वास प्रश्वास रोग निमोनियाको बारेमा जान्नै पर्ने कुराहरु

    आँखाले नदेख्ने शुक्ष्म जीवाणुले अचानक श्वास प्रकृयासंग सम्बन्धित अंगहरु जस्तै फोक्सोहरुमा संक्रमण हुने रोगलाई श्वास प्रश्वास रोग भनिन्छ । यो रोग खासगरी ५ वर्ष मुनका बालबालिकाहरुका लागि अकालमा ज्यान लिन  सक्दछ ।


    आकस्मिक श्वास प्रश्वास रोगका लक्षण र चिन्हहरु :
    साधारण रुघा खोकी लाग्दा बच्चालाई खोकी लाग्ने, नाकबाट सिंगान बग्ने र हल्का ज्वरो आउने गर्दछ ।
    निमोनिया भएमा सास फेर्न गाहारो हुने, छिटो छिटो सास फेर्ने, ज्वरो आउने, कोखा हान्ने जस्ता लक्षण र चिन्हहरु देखा पर्दछन् ।
    निमोनियाको उपचार नगरेपछि कडा निमोनिया हुन सक्दछ, जस्मा बच्चाले खान पिउन नसक्ने, सुस्त वा वेहोस हुने आमाको दुध चुस्न नसक्ने र कसै कसैलाई श्वास फेर्दा घ्यार घ्यार आवाज आउने गर्दछ ।


    श्वास प्रश्वास रोग रुघा खोकी नलाग्ने (बच्ने) उपायहरु :
    बच्चालाई धुलो धुँवा, तेलको खारबाट जोगाउने ।
    बच्चा भएको ठाउँमा वा घरमा धुम्रपान नगर्ने ।
    जाडो वा गर्मी मौसम अनुहारको लुगा लगाइदिने ।
    बच्चालाई न्यानो र हावा आवतजावत हुने कोठामा राख्ने ।
    ६ महिनाको उमेरसम्म स्तनपान मात्र गराउने ।
    बच्चालाई १ वर्षभित्र सम्पूर्ण खोपको मात्रा पूरा लगाई दिने ।
    रुघा खोकी लाग्नासाथ तुल्सीको पात, मह अदुवाको तातो झोल खान दिने ।
    प्रत्येक वडाका महिला स्वास्थ्य स्वयम्सेविकाहरुले साधारण रुघाखोकी र निमोनियाको उपचार गर्ने भएकोले सल्लाह र सेवाको लागि आफ्नै वडाका महिला स्वास्थ्य स्वयम् सेविकाहरुसंग सम्पर्क राख्नु होला ।
    थप जानकारीको लागि जिल्ला जनस्वास्थ्य कार्यालय बाँके र नजिकको स्वास्थ्य संस्थाहरुमा सम्पर्क राख्न हुन अनुरोध छ ।
    जिल्ला जनस्वास्थ्य कार्यालय, बाँके

    फोन नं. ०८१–५२०१५८





अन्य समाचारहरु