हाम्रो स्वास्थ्य / हाम्रो चासो

  • स्वास्थ्य भित्रका अस्वस्थ सूचना
    –एक राज पाठक
    वर्ष–२९, अंक–५९,२०६७ पुस २२ गते विहीवार, नेपाल सम्वत् ११३१ थि“लागा–२,JANAMAT (Bi-Weekly) Jan.6, 2011

     

    स्वास्थ्य भित्रका अस्वस्थ सूचना
    स्वास्थ्य क्षेत्रमा कार्यरत केही सञ्चारकर्मीसंग नेपाल चिकित्सक संघले केही साता अघि गरेको अन्तरक्रियामा संघका महासचिव डा. अञ्जनीकुमार झाले प्रश्न राखे– हिजोआज केही सञ्चारमाध्यममा विदेशबाट फलानो चिकित्सक आउ“दैछन् उपचार गराई लाभान्वित हुनुहोला भन्ने सूचना आउने गरेका छन् यस्तो गर्नुहुन्छ कि हु“दैन ?
     
    अन्तरक्रियाको लगभग केन्द्र नै बन्यो यो प्रश्न । नेपालको स्वास्थ्य क्षेत्रका कैयौं अनियमितताहरुलाई यो प्रश्नले प्रतिनिधित्व गर्दछ । देश संक्रमणकालीन अवस्थामा रहेको मौका छोपी असंख्य अनियमितता मौलाइरहेको बखत यसले देशको स्वास्थ्य क्षेत्रलाई अछुतो राख्ने कुरा पनि भएन । 
     
    नेपाली भूमिमा टेकेर उपचार कार्यमा संलग्न हुने चिकित्सकले नेपाल मेडिकल काउन्सिलमा दर्ता हुनैपर्छ यस्तो प्रावधान धेरै छन् जसलाई अनुगमनको कसीले छुन सकिरहेको छैन । यति मात्र त के, हिजोआज एफ.एम. रेडियोहरुमा आउने गरेको अस्पताल एवं चिकित्सकको विज्ञापन सुन्ने हो पहिलो व्यक्ति ऐया नि मरे भनेर चिच्याउ“छ अनि अर्कोले के भो ? भनेर सोध्छ । पहिलोले भन्छ दा“त दुख्यो । अनि दोस्रोले यसरी सुझाउ“छ किन नदुखोस् त जुन पायो त्यही अस्पतालमा जान्छस् फलानो अस्पतालमा जाऊ न च्याट्टै हुन्छ । यसरी नेपाली र भारतीय अस्पताल र चिकित्सकको अस्पतालको सिधै विज्ञापन गर्न पाउने कानुन नेपालमा अझै कतै बनेको छैन । त्यसको अनुगमन कसले गर्ने ? अहिले नै अनुगमन गर्ने हो भने काठमाण्डौमा सयौं औषधी पसलले निकै कडा एन्टिवायोटिक्स पनि निर्वाध बेचिरहेका छन् । उनीहरुमा औषधि विज्ञान र यसको व्यवसायिक मर्यादाको कुनै ज्ञान छैन । कतै त औषधि, फोटोकपि, फ्याक्स सेवा लगायत उपलब्ध छ भनेर एउटै बोर्ड राखिएको पनि भेटिन्छ । 
     
    यता हामी सञ्चारकर्मीका आफ्नै काम पनि त्यति मिठा कहा“ छन् र ? हालै एक नवजात शिशुको जन्म र मृत्युको विषयमा हामीले सम्प्रेषण गरेका समाचारले स्वास्थ्य पत्रकारिताका क्षेत्रमा अझै निकै मेहनत गर्नुपर्ने अवस्था देखाउ“छ । चावहिलको ओम अस्पतालमा पुसको १ गते ती शिशुको जन्म सिजरिङबाट गराइएको थियो । त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक समेत 
    रहेकी डा. रिता मानन्धरले पेटमा प्वाल परेको र शिशुको आन्द्रा बाहिरै निस्किएको थियो । शिशुको यो अवस्थाका बारेमा उनले शिशुका बुबालाई जानकारी गराइन् र उनको शल्यक्रिया गरिएमा पनि ती शिशुलाई निको पार्न सकिने निकै झिनो सम्भावना पनि बताईन् । आमाबाबु राजी भए र उनको भोलिपल्ट अप्रेशन डा. केपी देवकोटाले गरे । तर, शिशुले यो संसार छोडे । सो अस्पताल भन्छ अनि उनका आफन्तले ६५ लाख रुपैया“ क्षतिपूर्तिको दाबी गरे । हिसाब नमिलेपछि उनीहरु सञ्चारमाध्यमको शरणमा पुगे । यसरी आफन्तकै भनाईलाई पूर्ण रुपमा नै उद्धरण गरेर सो सामाचार आएको छ । सिजरिङ गर्ने क्रममा ती शिशुको पेट काटिएको आन्द्रा निस्किएको समाचार सबैतिर आयो तर त्यहा“ कतैपनि शिशुको उपचारमा संलग्न चिकित्सकको भनाई देख्न पाइदैन । सो समाचार छाप्ने क्रममा शिशुलाई सिजरिङ गरेर जन्माउने डा. मानन्धर र अप्रेसन गर्ने चिकित्सक देवकोटाको भनाई पत्रपत्रिकामा कतै भेटिदैन । 
     
    यो संवेदनशीलतालाई पछि मात्र सो अस्पतालले विज्ञापनका रुपमा सार्वजनिक गर्न वाध्य भयो । नेपाल प्रसुति रोग विशेषज्ञ समाज र सोही अस्पतालका तर्फबाट प्रकाशित सो विज्ञप्तिमा जन्मिदै यस्तो अवस्थामा देखिनु ग्यास्ट्रोसिस नामक रोगबाट हो र करिब दस हजार शिशुमध्ये कहिलेकाही मात्र एकजनामा यस्तो समस्या देखिन्छ । तर, सञ्चारगृहमै पुगेर मृतक शिशुका आफन्तले दिएको सूचनाबाहेकको खोजी हामीबाटै हुन सकेन, जसले चिकित्सा विज्ञानका कैयौं कमजोरीहरुलाई स्वीकार्नु पर्ने ज्ञान समाजको अगुवा वर्गका रुपमा रहेको पत्रकारितालाई सिकाएन । सञ्चारमाध्यमले यसरी प्रस्तुत ग¥यो कि मानौं चिकित्सक भगवान नै हुन् र उनीहरुले बिरामीलाई मार्ने गर्छन् । यो परिपक्व पत्रकारिता होइन । 
     
    सिक्काको जस्तै समाचारको पनि दुईवटा पाटा हुन्छन् । समाचारको मूल स्रोतसम्म पुग्नु हाम्रो धर्म हो जसको आमपाठक एवं स्रोतले सर्वदा आश गरिरहेका हुन्छन् । समाचार बनाउ“दा अर्को पक्षलाई पुग्न जाने क्षतिप्रति हामी सजक नभईदिए त्यसको क्षति अपुरणीय हुन्छ । यसै महिना यो स्तम्भकार अस्पतालमा पुग्दा सो अस्पताल नै मृतक शिशुका आफन्तहरुको कब्जामा थियो । चिकित्सक एवं कर्मचारीहरुलाई उनीहरुले पत्रपत्रिकाको हवाला दिएरै धम्क्याईरहेका थिए । उपचारका लागि त्यहा“ पुगेका सर्वसाधारण बिरामीमा एवं सो अस्पतालका कर्मचारीमा निकै अन्योल थियो । स्वास्थ्य जस्तो संवेदनशील विषयको सूचना सम्प्रेषणले जनतामा कति चा“ड्र प्रभाव पार्छ भन्ने स्पष्ट उदाहरण त्यहा“ पाइन्थ्यो । उपचारमा संलग्न चिकित्सकमाथि परेका चोटको मापनको त कुरै छाडांै त्यो गरिदिने निकाय नै यो देशका कतै छैन । बच्चाको अवस्था किन त्यस्तो भयो भन्ने तथ्यसम्म नै सञ्चारकर्मी पुग्नुपर्ने होइन र ?
     
    बरु सञ्चारकर्मीले यसअघि ती शिशुको अल्ट्रासाउण्ड गर्दा किन त्यस्तो देखिएन भनेर प्रश्न उठाउन सक्थे त्यो पनि आएन । त्यसको कुनै पनि चिकित्सकीय कमजोरी थियो होला न कुनै गर्भको सबै कुरा शतप्रतिशत चिकित्सकलाई थाहा होस् । स्वास्थ्यजस्तो संवेदनशील विषयको सूचना सम्प्रेषणमा हामी निकै नै सजग हुनुपर्दछ । यस्ता घटनाको समाचार सम्प्रेषण गर्दा हाम्रो सूचनाको घटनामा मात्र समाचार केन्द्रीत हुनुहु“दैन, खोजी र तथ्यलाई पनि उत्तिकै पछ्याउनु पर्छ । सूचनाले आखिर जनताालाई नै दिग्भ्रमित पार्ने काम भयो भने के मज्जा भयो र ? स्वास्थ्यका सूचनालाई स्वस्थ रुपमै सम्प्रेषण गर्न सक्नु पर्दछ र यो आवश्यक पनि छ । 
    (लेखक नेपाल स्वास्थ्य पत्रकार समूहका उपाध्यक्ष हुन् । –सं.)
     





अन्य समाचारहरु