मुख्य समाचार

  • एमालेको एकताले एमाओवादी फुट्नबाट जोगिएको खनालको दावी
    दिनेश ठाकुर
    २०६८ माघ १५ गते आइतवार नेपाल सम्वत् ११३२ सिल्लाथ्वः६ JANAMAT(Bi-Weekly) Janaury 29, 2012

    एमालेको एकताले एमाओवादी फुट्नबाट जोगिएको खनालको दावी
    नेकपा एमालेको अञ्चल प्रशिक्षण भेला सम्पन्न
    नेपालगन्ज/ नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एमाले पार्टीको आन्तरिक एकताले एकिकृत माओवादीलाई फुट्नबाट जोगाएको दावी गर्नु भएकोछ । नेकपा एमालेको अञ्चल स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणको विहीवार बाकेको कोहलपुरमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।


    उहाँले एमाले एकजुट भएकै कारण फुटको संघारमा पुगेको एमाओवादी पनि अन्ततः एक भएको जिकीर गर्नुभयो । आन्तरिक विमतिलाई हल गरेर पार्टी एक भए अन्य दललाई पनि पाठ हुने बताउँदै अध्यक्ष खनालले अब पार्टी अन्यौलमा नरहने बताउनु भयो । शान्ति प्रक्रिया टुंग्याउनुको विकल्प नरहेको भन्दै उहाँले यसप्रति जिम्मेवार बन्न एमाओवादीलाई आग्रह गर्नु भयो ।


    एमाओवादी एक्लै बढ्न खाजेको भन्दै उहाँले अन्य दलको सहयोग र समर्थन लिनुपर्ने सुझाव समेत दिनुभयो । एमाओवादीको अडानले स्वयं उसैलाई अप्ठ्यारोमा पार्ने भन्दै अध्यक्ष खनालले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्न नसक्ने ठोकुवा गर्नुभयो ।


    डा. भट्टराईले एक सातामै राष्ट्रिय सहमतिको सरकार बन्छ भन्ने दिवा सपना मात्र भएको टिप्पणी गर्दै उहाँले एमाओवादीले विगतका सहमति र सम्झौता कार्यान्वयन नगरेका कारण शान्ति तथा संविधान निर्माण कार्य ठप्प भएको बताउनु भयो । एमाओवादीले चाहे मात्र सहमतिको सरकार बन्ने बताउँदै उहाँले लडाकुको स्वेच्छिक अवकास, पुनःस्थापना र समायोजनमा माओवादी गम्भीर नभएकोले शान्ति प्रक्रियामा बाधा उत्पन्न भएको आरोप लगाउनु भयो ।


    दुई दिवसीय उक्त भेरी अञ्चल स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा हुन महासचिव ईश्वर पोखरेल, सचिव शंकर पोखरेल, युवराज ज्ञवाली, केन्द्रिय सदस्यहरु देवराज भार, गौरा प्रसाई, दल बहादुर सुनार, केन्द्रिय सल्लाहकार गोविन्द कोइराला लगायतका नेताहरु सहभागी थिए ।





अन्य समाचारहरु