लाल—ज्योति पत्रकारिता पुरस्कार स्थापना

जनमत सम्पादक पूर्णलाल चुकेद्वारा आफ्ना ८४ वर्षिया आमा लाल कुमारी चुके र स्व. बुबा ज्योति लाल चुकेको नामबाट लाल–ज्योति पत्रकारिता पुरस्कार स्थापना गरिएको छ । जनमत रजत वर्ष प्रवेशको अवसरमा २०६३ बैशाख २९ गते आयोजित एक विशेष समारोहमा सो पुरस्कारबाट पहिलो पटक युवा पत्रकार रुद्र खड्कालाई सम्मानित गरियो । समारोहका प्रमुख अतिथि कामना प्रकाशन समूहका अध्यक्ष तथा नेपाल समाचार पत्र दैनिकका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठले पत्रकार खड्कालाई नगद र सम्मान पत्रले सम्मानित गर्नुभएको थियो । पत्रकार खड्का समय साप्ताहिकका संवाददाता तथा पर्यटन पत्रकार समूहका अध्यक्ष हुन् ।

दुई हजार एक सय एघार रुपैयाँको राशीको यो पुरस्कार हरेक २ वर्षमा खोजीमूलक विकास पत्रकारितामा योगदान दिए एक जना पत्रकारलाई प्रदान गरिने पत्रिकाका सम्पादक चुकेले घोषणा गर्नुभयो । खोजीमूलक पत्रकारितामा सक्रिय पत्रकारहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले स्थापित उक्त पुरस्कार छनौट गर्न जनमत सम्पादकको संयोजकत्वमा गठित नेपाल पत्रकार महासंघ, बाँकेका सभापति प्रेम के.सी. र स्वतन्त्र वद्धिजीवि डा. जनार्दन आचार्य सदस्य रहेको समितिले पत्रकार खड्कालाई छनौट गरेको थियो ।

रजत वर्षको अवसरमा जनमत पत्रिकामा कार्यरत सम्पादन समूहका ५ जना पत्रकारलाई कदर पत्र २५ जना पूर्व सहयोगी तथा संवादादाताहरुलाई शान्तिका अग्रदूत गौतम वुद्धको मूर्तिमा अंकित स्मृति चिन्ह र कदर पत्र प्रदान गरिएको थियो । सोही कार्यक्रममा रजत वर्ष विशेषाड्ढ र पत्रिकामा प्रकाशित गरिएको अन्तर्वार्ताहरुको संगालो कुराकानी पुस्तकको विमोचन गरिएको थियो ।

पश्चिमका पहिलो कम्प्यूटर अपरेटर श्रेष्ठ सम्मानित

पश्चिम नेपाल अर्थात् मध्य र सुदूर क्षेत्रमै पहिलो पटक अफसेट प्रविधिमा पत्रिका प्रकाशन शुरु भएदेखि कम्प्यूटर अपरेटरको रुपमा कार्यरत नेपालगञ्जका शम्भु श्रेष्ठलाई पनि सोही अवसरमा सम्मानित गरिएको थियो । एघार वर्ष अघि नेपालगजंको जनमत अद्र्ध साप्ताहिकले पहिलो पटक अफसेट प्रेसमा पत्रिका छापेको थियो । त्यत्तिबेलादेखि कार्यरत श्रेष्ठ हालसम्म पनि अपरेटर नै हुनुहुन्छ ।

लाल–ज्योति पत्रकारिता पुरस्कार–२०६३



लाल–ज्योति पत्रकारिता पुरस्कार–२०६५

युवा पत्रकार जनक नेपाललाई २०६५ सालको लाल–ज्योति जनमत पत्रकारिता पुरस्कार
‘जनमत’ अद्र्धसाप्ताहिकले वर्ष– २०६५ को ‘लाल–ज्योति जनमत पत्रकारिता पुरस्कार’ युवा पत्रकार जनक नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ । जनमतका सम्पादक पूर्ण लाल चुकेले आफ्ना ८६ वर्षिया पूज्यनीय आमा श्रीमती लाल कुमारी चुके र स्वर्गीय बुबा श्री ज्योति लाल चुकेको नाममा जनमत रजत वर्ष–२०६३ मा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा “खोजमूलक विकास पत्रकारिता” को विकासमा उत्कृष्ठ योगदान पु¥याउने एक जना युवा पत्रकारलाई नगद रु.२५११/– र कलात्मक नेपाली संस्कृति झल्किने फ्रेम भित्र ताम्रपत्र सहितको पुरस्कार प्रदान हो ।

उक्त पुरस्कार पहिलो पटक युवा पत्रकार रुद्र खड्कालाई २०६३ सालमा प्रदान गरेर नयाँ परम्पराको थालनी गरिएको थियो । एक दशक भन्दा लामो समयदेखि बा“के जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारितामा क्रियाशील युवा पत्रकार नेपाललाई गत जेठ १ गतेका दिन बसेको ‘लाल–ज्योति जनमत पत्रकारिता पुरस्कार’ छनोट समितिले उक्त निर्णय लिएको हो । जनमत सम्पादक तथा पुरस्कारका संस्थापक पूर्ण लाल चुके संयोजक रहेको उक्त समितिमा नेपाल पत्रकार महासंघ बा“केका अध्यक्ष झलक गैरे र स्वतन्त्र वुद्धिजीवि डा.जनार्दन आचार्य सदस्य रहनु भएको छ ।
 

पुरस्कृत पत्रकार जनक नेपाल ः शब्द चित्रमा
जनक नेपाल एक दशकदेखि नेपालगञ्जबाट पत्रकारितामा क्रियाशील नाम हो । नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रहेका नेपाल कान्तिपुर पब्लिकेशन्स प्रालिमा उप–सम्पादक पदमा रही क्षेत्रीय कार्यालय नेपालगञ्जबाट कार्यसम्पादन गर्दै आउनु भएको छ । देउराली–५, पाल्पामा जन्मिएर नेपालगञ्ज–१३, भृकुटीनगरमा स्थायी बसोवास गरिरहेका युवा पत्रकार नेपाल समकालीन अन्य पत्रकारहरु भन्दा निकै अगाडि व्यवसायिक पत्रकारिताको क्षेत्रमा मध्यपश्चिममै स्थापित नामका रुपमा देखा परिरहेको छ भन्दा हामी उहाँलाई हौंस्याइरहेका मात्र हुदैनौ । खोज तथा अनुसन्धानमूलक पत्रकारिता र विकास पत्रकारितामा उहा“को कलमले नै त्यसको पुष्ट्याई गरेको देखिन्छ । ग्रामीण विकासमा स्नातकोत्तर अध्ययन सकेका युवा पत्रकार नेपाल २०५५ सालदेखि युगवोध दैनिकबाट पत्रकारिताको सक्रिय जीवनमा प्रवेश गरेर खोजमूलक रिपोर्टिड्ड, फोटो पत्रकारिता, सामाजिक मुद्दा र फिचरमा निरन्तर आफ्नो क्षमता उजागर
गर्दै आइरहनु भएको छ । व्यवसायिक रुपमा पत्रकारितामा सक्रिय नेपालका धेरै त्यस्ता समाचार छन्, जसले समाजमा प्रत्यक्ष प्रभाव पारेका उदाहरणहरु छन् । नेपाल प्रेस इन्टिच्युट/क्षेत्रीय सञ्चार स्रोत केन्द्र नेपालगञ्जबाट आधारभूत पत्रकारिता तालिमबाट पत्रकारिताको जग बसालेका नेपालले ३ महिने खोज पत्रकारिता तालिम (खोपके र एनपीआई फिचर लेखन, आर्थिक तथा सामाजिक समाचार लेखन लगायत दर्जन धेरै प्रशिक्षण लिनु भएको छ । विगत ५ वर्षदेखि कान्तिपुर पब्लिकेशन्स्मा आवद्ध रही काम गर्दै आउनु भएका नेपाल त्यसअघि लामो समयसम्म कामना प्रकाशनमा जोडिनु भयो । जहाँ उहाँले उत्कृष्ट रिपोर्टर अवार्ड– ०५९ प्राप्त गर्नु भयो । त्यसअघि युगबोध दैनिक, लुम्बिनी दैनिक, बागेश्वरी टाइम्स दैनिक, कालपृष्ठ साप्ताहिक र अनुशीलन मासिकमा काम गरेको अनुभव नेपालसंग छ । एक दशकको पत्रकारित अवधिमा नेपाल पत्रकार महासंघ बा“केद्वारा ०६३ मा सम्मानित, नेपाल कर्णालीका मुद्दा उठाएकोमा मानवअधिकार तथा वातावरण विकास केन्द्र मुगुद्वारा पुरस्कृत (०६३) हुनु भएको छ । देशभरका फोटो पत्रकार वीच भएको प्रतियोगितामा वातावरण तस्वीर पुरस्कार विजेता (०६३) महिला क्रिकेट उत्थानमा योगदान पुर्याए वापत क्रिकेट विकास समिति क्षेत्र नं.५ द्वारा सम्मानित गरेक नेपाललाई लायन्स क्लबले पनि २०६४ सालमा सम्मान गरिसकेको छ । अवधि पत्रकार संघ २०६५ बाट पनि सम्मानित नेपाल कान्तिपुर पब्लिकेशन्सबाट पनि सर्वोत्कृष्ट रिपोर्टर अवार्ड २०६४सम्मानबाट सम्मानित भइसक्नु भएको छ ।