जनमतमा अब सौन्दर्य कला स्तम्भ

Bishwo Santi Shrestha

सौन्दर्य हरेक मानिसको लागि चासो र रुचिको विषय हो । त्यसैले जनमतले अबदेखि हरेक विहीवारको अंकमा सौन्दर्य कला स्तम्भ शुरु गर्दैछ । यस स्तम्भमा वििरष्ठ सौन्दर्य कला विशेषज्ञ विश्वशान्ति श्रेष्ठद्वारा लिखित तथा नारायण श्रेष्ठद्वारा प्रकाशित नेपालमा दुर्लभ मानिएको केश सज्जा र सौन्दर्य कला पुस्तकबाट साभार गरिएका सौन्दर्य कला सम्बन्धि उपयोगी र रोचक अंशहरु नियमित रुपमा प्रकाशित गर्नेछौं । यस पेशामा २५ वर्ष भन्दा बढी लामो अनुभव हासिल गर्नु भएका श्रेष्ठ दम्पत्तीले भारतको राजधानी नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय स्तरका ५ वटा व्यूटीपार्लर संचालन गरिरहेका छन् । विज्ञ पाठकहरुको सुझावको अपेक्षा गरिन्छ ।

सम्पादक