‘जनमत’ अर्द्ध साप्ताहिक : एक झलक

विगत २८ वर्षदेखि निरन्तर रुपमा प्रकाशित हुदै आएको ‘जनमत’ को नियमितता, निरन्तरता, स्तरियता विद्वान लेखक, स्तम्भकार, सचेत समाचारदाता एवम् विज्ञ पाठकहरुकै निःस्वार्थ सहयोगकै कारण सम्भव भएको हो । जनमतले यस क्षेत्रमा थुप्रै पत्रकारहरु उत्पादन गर्न सफल भएकोमा गौरव गर्दछ । ‘स्वतन्त्रता, निष्पक्षता, स्पष्टता, निरन्तरता ः जनमतको विशेषता’ को मूल उद्देश्य बोकेको जनमतले प्रकाशनको यस अवधिमा धेरै उतार चढावको स्थिति सामना गर्यो । २०३९ सालको प्रारम्भमा तत्कालीन अञ्चलाधीशको कार्यालयमा निवेदन दर्ता गरी केही महिना दैनिक समाचार पत्रको रुपमा प्रकाशित जनमत २०३९ असोजमा जिल्ला कार्यालयमा विधिवत दर्ता गरी अद्र्ध साप्ताहिक (सोमवार र विहीवार) रुपमा नियमित प्रकाशत हुदै आएको छ ।

दर्ता नं. र मिति ः २।२०३९
प्रका शकको नाम ः श्रीमती सुशीला चुके
सम्पादकको नाम ः पूर्ण लाल चुके
वेभ डिजाइनर ः प्रज्वल चुके ।
ठेगाना ः सुर्खेत रोड, नेपालगञ्ज १६, फोन नं. ५२०७४९
वेभ साइट ः www.janamat.com.np
इमेल ः news@janamat.com.np

वर्गीकरण ः
- विगत १ दशकदेखि प्रेस काउन्सीलको वर्गीकरणमा । हाल ग वर्गमा ।
- पश्चिम नेपालकै पहिलो अफसेट प्रविधिमा २०५२ मा प्रकाशित ।
 

विगतमा योगदान (सम्पादन सहयोगी, स्तम्भकार र समाचारदाताको रुपमां) ः
हेमन्त कर्माचार्य, राजेन्द्र ज्ञवाली, नरेन्द्र जंग पिटर, जे. पाण्डे, नन्द राम लम्साल, रेशम विरही, कृष्ण अधिकारी, शंकर खनाल, टंक सिंह ठकुरी, सरोज रेग्मी आदि ।

हाल सहयोगी र संलग्नता ः
श्री प्रेम प्रकाश मल्ल ‘महेन्द्र मधुकर”, कुमार श्रेष्ठ, फतेह बहादुर सिंह, खगेन्द्र गिरि ‘कोपिला, नमस्कार शाह, पवन जायसवाल, मुस्ताक अहमद जसगढ, माधव राम वर्मा, रण प्रसाद राना, सन्तोष शुक्ला, सन्ध्या शर्मा चौवे, कमल के.सी  आदि ।

 

हाम्रो प्रतिबद्धता ः
- राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, प्रजातन्त्र एवं प्रेस स्वतन्त्रतालाई प्राथमिकता ।
- भाषागत शुद्धता, स्तरियता, नियमितता, सरलता, विविधता ।
- आग्रह पूर्वाग्रहरहित सन्तुलित विचार, सत्य तथ्यमा आधारित देश विदेशका भरपर्दो समाचार ।
- विविध क्षेत्रलाई प्रतिनिधित्व गर्ने व्यक्तित्वहरुसंग नियमित कुराकानी ।

 

जनमत माथि प्रतिवन्ध ः
- तत्कालीन अञ्चलाधीश जगदीश झाबाट तत्कालीन पञ्च पदाधिकारीहरु विरुद्ध दरबारमा रिपोर्ट पठाएको समाचार छापेको अभियोगमा तत्कालीन अञ्चलाधीश जगदीश झाव्दा २०४२ साल तिर ३ महिना जनमत प्रकाशन माथि प्रतिवन्ध र जनमत सम्पादकलाई थुन्ने आदेश जारी ।

पुरस्कार स्थापना ः
जनमतको रजत वर्ष २०६३ देखि सम्पादक पूर्ण लाल चुकेका आमा श्रीमती लाल कुमारी चुके र बुबा स्व.ज्याति लाल चुकेको नाममा लाल ज्योति पत्रकारिता पुरस्कार स्थापना । हरेक दुई वर्षमा जनमत वार्षिकोत्सव समारोहमा एक जना क्रियाशील युवा पत्रकारलाई दिइने यो पुरस्कार पहिलो वर्ष पत्रकार श्री रुद्र खड्का र दोस्रो वर्ष श्री जनक नेपाललाई प्रदान गरियो ।

सह प्रकाशन ः
विविध क्षेत्रलाई प्रतिनिधित्व गर्ने व्यक्तित्वहरुसंग लिइएको अन्तर्वार्ताको संगालो ‘कुराकानी’ को संगालो हरेक दुई वर्षमा प्रकाशित । “सुप्रसिद्ध गायक तथा गीतकार प्रेम प्रकाश मल्ल “महेन्द्र मधुकर” द्वारा लिखित गीति रोदन काव्य “उनी” जनमत २८ औं वार्षिकोत्सवका अवसरमा प्रकाशित ।
 

जनमत रक्तदान कार्यक्रम ः
जनमतको रजत वर्ष २०६३ को शुभारम्भदेखि रक्तदान जीवन दान भन्ने महान मानव कल्याणकारी उद्देश्यका साथ जनमत त्रैमासिक रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ ।

 

सम्मान र कदर ः
- राष्ट्रिय प्रजातन्त्र दिवस र राष्ट्रिेय एकता दिवस विशेषाड्ढको अधिराज्यव्यापी प्रतियोगितामा दोस्रो पुरस्कृत ।
- नेपाल निजामति कर्मचारी संगठन, केन्द्रिय कार्यसमितिबाट २०४८ सालमा भएको कर्मचारी आन्दोलनमा पत्रकारिताको माध्यमबाट योगदान गरे वापत कदर पत्र प्राप्त ।
- प्रेस चौतारी नेपाल केन्द्रीय समितिबाट २०५७ सालमा तत्कालीन प्रतिपक्ष दलका नेता नेकपा एमालेका नेता तथा वर्तमान प्रधानमन्त्री माधव नेपालव्दारा सम्मान ।
- स्वर्गीय राजा वीरेन्द्रबाट श्री ५ वीरेन्द्र–ऐश्वर्य पदक प्राप्त ।
- नेपाल कम्य’निष्ट पार्टी एमाले भेरी अंचल समन्वय कमिटीव्दारा २०५७ सालमा अञ्चल प्रतिभा अभिनन्दन ।
- “मित्रराष्ट्र चीनको राजकीय भ्रमण - २०५७ सालमा मोफसलको पत्रकारको हैसियतले एक मात्र पत्रकारको रुपमा सहभागिता ।”
- गोरखा दक्षिणबाहु चौथोबाट विभूषित ।
- विश्व क्षयरोग दिवसमा दक्ष–दीक्षा पुरस्कार ।
- भारतको जनमोर्चा राष्ट्रिय दैनिकको स्वर्ण महोत्सव समारोहमा सन् २००८ मा अखिल भारतीय पत्रकार संगठनका अध्यक्ष के. विक्रम राव र पत्रकारिता विश्वविद्यालय बनारसका प्राचार्यव्दारा दोसल्ला ओडाएर सम्मान ।
- भारतको उत्तर प्रदेश श्रमजीवि पत्रकार य’नियनबाट सन् २००९ मा दोसल्ला ओडाएर सम्मान ।
- Universal Peace Federation-Nepal बाट २००५ मा ‘Ambassador for Peace’ द्वारा सम्मानित ।
- अवधी साँस्कृतिक प्रतिष्ठान, नेपालगन्जद्वारा वरिष्ठ पत्रकारको हैसियतले २०६५ मा सम्मान ।
- अवध कल्याण पत्रकार संस्थान उत्तर प्रदेश भारतद्वारा हिन्दी पत्रकारिता दिवस-२०१० मा अभिनन्दन ।
- निष्पक्ष ध्वनि दैनिक र नेपाल प्रेस युनियन बाँकेद्वारा २०६७ मा सम्मान ।
 

सहभागिता ः
– मित्रराष्ट्र म्यानमार सरकारको निमन्त्रणामा २००१ मा नेपाली पत्रकारको भ्रमण टोलीमा सहभागिता । उच्च पदस्थ सरकारी पदाधिकारीहरुसंग भेट, सञ्चारमन्त्री, वर्मेली पत्रकार लगायत वर्मेली नेपालहरुबाट “मायाको चिनो” ग्रहण ।
– नेपाल वायुसेवा निगमको काठमाण्डौ–सिंगापुर–मलेशिया उद्घाटन उडानमा विशेष अतिथि यात्रुको रुपमा २०५७ सालमा सहभागिता र एक साताव्यापी भ्रमण ।
– व्रम्हाकुमारी इश्वरीय विश्वविद्यालय, माउन्ट आबुमा २००७ मा आयोजित अन्तर्राष्ट्रिय मिडिया सम्मेलनमा नेपाली र भारतीय सीमावर्ति पत्रकार टोलीको नेतृत्व ।
 

विदेश भ्रमण ः
भारत, चीन, थाइल्याण्ड, नेदरल्याण्ड, म्यानमार, मलेशिया, फिलिपिन्स, हंगकंग, ताइवान, सिंगापुर, कतार आदि ।